भोटेकोशी बाढीका मृतकको वैज्ञानिक प्रमाण सुरक्षित गर्दै शव व्यवस्थापन
काठमाडौँ, भदौ १५ । भोटेकोशी हिमबाढीमा मृत्यु भएका तर तत्काल सनाखत हुन नसकेका व्यक्तिको शव वैज्ञानिक प्रमाण सुरक्षित राख्दै जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
नेपाल प्रहरीले प्रत्येक शवको तस्बिर, हुलिया, विशेष चिह्न, फरेन्सिक विवरण र डिएनए नमुना सुरक्षित राखेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ।
क्षतविक्षत तथा कुहिन थालेका शवलाई लामो समय शवगृहमा राख्न कठिन भएपछि कानुनी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस्तो प्रक्रिया अघि बढाइएको हो।
चितवनमा बाढीले बगाएर ल्याएका शवको पनि सुरक्षित व्यवस्थापन भइरहेको छ। नेपाल प्रहरीका अनुसार भोटेकोशी बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ७९४ शव फेला परेका छन्।

