सुनको मूल्य घट्यो, चाँदीको स्थिर



काठमाडौँ,भदौ १५ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र चाँदीको मूल्य रु चार हजार  ७८०  कायम भएको छ ।  

आइतबार छापावाल सुन प्रतितोला रु तीन लाख नौ हजार र चाँदीको मूल्य  रु चार हजार ७८० कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्