भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनाबारे प्रधानमन्त्री शाह र रवि लामिछानेबीच छलफल



काठमाडौं,भदौ १५ । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका विषयमा छलफल भएको हो।

भेटका क्रममा बाढी प्रभावित नागरिकको उद्धार तथा राहतसँगै बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका विषयमा समेत छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्