कृष्णभीरमा थप पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध



धादिङ,भदौ १७ — धादिङको कृष्णभीरमा थप पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

आइतबार खसेको पहिरोका कारण राजमार्गको दुवैतर्फको सडक बन्द भएको हो।

त्रिशूली नदीले सडकको भाग कटान गरेपछि कृष्णभीर क्षेत्रमा पहिरो गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

राजमार्ग अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।

सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्