बाढी प्रभावित क्षेत्रमा एमाले अध्यक्ष ओली, पीडितसँग गरे भेट
काठमाडौं, भदौ १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
अध्यक्ष ओलीले बुधबार धादिङको गल्छी र नुवाकोटको बेलकोटगढीका विभिन्न क्षेत्रमा पुगेर बाढीबाट भएको क्षतिको अवलोकन गरेका हुन्।
उनले प्रभावित स्थानीय तथा बाढीपीडितसँग भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका छन्।
अध्यक्ष ओलीसँगै एमालेका अन्य नेताहरू पनि प्रभावित क्षेत्रमा पुगेका छन्।
अवलोकनका क्रममा बाढीबाट भएको जनधन तथा भौतिक संरचनाको क्षतिबारे जानकारी लिँदै पीडितका समस्या सुन्ने काम भएको जनाइएको छ।

