भोटेकोशी बाढीपछि रसुवागढीमा टेलिकम सेवा पुनः सञ्चालन



काठमाडौँ, भदौ १८ । भोटेकोशी हिमबाढीले रसुवागढी नाकाका भन्सार, अध्यागमन, सुरक्षा संरचना र सडक पूर्ण क्षतिग्रस्त बनाए पनि नेपाल टेलिकमले आफ्नो टावर सञ्चालनमा ल्याएको छ ।

भदौ १४ गते नेपाली सेनाको सहयोगमा डिजल जेनेरेटरबाट टावर सञ्चालनमा ल्याइएपछि रसुवागढी आसपासका क्षेत्रमा मोबाइल सेवा पुनः नियमित भएको हो । बाढीले रसुवा, नुवाकोट र धादिङका १२० मध्ये ८३ वटा टेलिकम साइटको सेवा अवरुद्ध बनाएकोमा सबै सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।

विद्युत् र तारमार्ग क्षतिग्रस्त भएका स्थानमा जेनेरेटर तथा ताररहित प्रविधिमार्फत सेवा सञ्चालन गरिएको छ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि अवरुद्ध ७५ वटा साइट सञ्चालनमा ल्याएको जनाएको छ । बाढीले ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबरमा क्षति पुर्‍याउँदा करिब नौ करोड रुपियाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्