प्रधानमन्त्री शाहले बोलाउनुभयो मन्त्रिपरिषद् बैठक
काठमाडौँ, भदौ १८ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ।
बैठक अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी तय भएको छ।
बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीबारे छलफल हुने बताइएको छ।

