ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?



काठमाडौँ,भदौ १८। नेपाली बजारमा सुनको मूल्यमा बिहीबार उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख रुपैयाँभन्दा तल झरेको सुनको भाउ आज पुन: सो सीमाभन्दा माथि पुगेको हो।

बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार मात्रै सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसरी आज एकैदिन सुन ७ हजार ६ सय रुपैयाँले महँगिएको हो।

यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १ सय ४५ रुपैयाँले बढेको हो।

प्रतिक्रिया दिनुहोस्