प्रधानमन्त्री शाह र नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनबीच भेटवार्ता
काठमान्डौँ,भदौ १८ I प्रधानमन्त्री वालेन्द्र शाहसँग आज नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भेट गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरुबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको छ।
यस्तै, उहाँहरुबीच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।
प्रधानमन्त्रीज्यूसँग यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गर्नुभएको थियो। उहाँहरूबिचको भेटमा बाढीलगायतका विषयमा कुराकानी भएको छ।

