फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते



पोखरा, भदौ १९ । पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीमा सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार फेवातालमा खसेको हो।

प्रहरीका अनुसार दुर्घटनामा भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको रक्सौलका २६ वर्षीय नवदीप कुमार यादव र सनाखत हुन नसकेका करिब ४० वर्षीय पुरुषको मृत्यु भएको छ।

फेवातालबाट उद्धार गरिएका उनीहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो।अस्पतालमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा रक्सौलका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादव घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्