श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाआराधना



काठमाडौं,भदौ १९। राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पुगेर भगवान् श्रीकृष्णको दर्शन तथा पूजाआराधना गर्नुभएको छ।

राष्ट्रपति पौडेलले पाटन दरबारस्थित कृष्ण मन्दिरमा पूजाआराधना गरी पुजारीबाट फूल तथा प्रसाद ग्रहण गर्नुभएको हो।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष कृष्ण मन्दिरमा पुगेर दर्शन तथा पूजाआजा गर्ने परम्परा रहँदै आएको छ।

राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा सांसद जगदिश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधि तथा मन्दिरका पुजारीहरूले स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्