विपद् प्रभावित नुवाकोटमा एमाले अध्यक्षको स्थलगत अनुगमन
नुवाकोट,भदौ १९। प्राकृतिक विपत्तिबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीको नेतृत्वमा पार्टीका नेता–कार्यकर्ताको टोलीले स्थलगत अनुगमन गरेको छ।
टोलीले नुवाकोटको त्रिशूली, ढुङ्गे बजार, देवीघाटलगायत बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै प्रभावित नागरिक तथा पीडित परिवारसँग भेटघाट गरेको हो।
अनुगमनका क्रममा एमाले अध्यक्षले विपत्तिबाट उत्पन्न पीडा र क्षतिको अवस्थाबारे जानकारी लिनुका साथै पीडित परिवारलाई सान्त्वना, हौसला र भरोसा प्रदान गर्नुभएको थियो।
टोलीले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिँदै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ। टोलीमा एमालेका युवा नेता महेश बस्नेत, नुवाकोटका अध्यक्ष बद्री मैनालीसहित स्थानीय कार्यकर्ताको सहभागिता थियोे ।

