नुवाकोटका बाढीपीडितलाई वडाध्यक्षको सिफारिसमा दैनिक उपभोग्य सामग्री



नुवाकोट,भदौ १९ । बाढीबाट प्रभावित तथा दैनिक उपभोगका सामग्री अभाव भएका नुवाकोटका नागरिकलाई राहत वितरण गरिने भएको छ ।

राहत वितरण केन्द्र जिल्ला समन्वय समिति, नुवाकोटले सम्बन्धित वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने जनाएको हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जारी गरेको सूचनाअनुसार बाढीबाट प्रभावित, असहाय, असक्त वा अन्य कुनै कारणले दैनिक उपभोगका सामग्री अभाव भएका व्यक्तिले राहत लिन सक्नेछन् । राहत लिन वडाध्यक्षको सिफारिस वा मौखिक जानकारीसमेत मान्य हुने जनाइएको छ ।

नुवाकोटका प्रभावित नागरिकले विदुरस्थित जिल्ला समन्वय समितिको हलमा रहेको राहत वितरण केन्द्रबाट आवश्यक दैनिक उपभोग्य सामग्री लिन सक्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्