आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौं,भदौ १९ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८८ पैसा र बिक्रीदर १५१ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ २९ पैसा र बिक्रीदर १७५ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ०४ पैसा र बिक्रीदर २०४ रुपियाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपियाँ ३८ पैसा र बिक्रीदर १८७ रुपियाँ १२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ६३ पैसा र बिक्रीदर १०९ रुपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३१ पैसा र बिक्रीदर १०९ रुपियाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ०२ पैसा र बिक्रीदर ११९ रुपियाँ ५० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ४८ पैसा र बिक्रीदर २२ रुपियाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ १८ पैसा र बिक्रीदर ४० रुपियाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ३९ पैसा र बिक्रीदर ४१ रुपियाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ०८ पैसा र बिक्रीदर ४१ रुपियाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ १६ पैसा र बिक्रीदर ११ रुपियाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७८ पैसा र बिक्रीदर १५ रुपियाँ ८५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४५ पैसा र बिक्रीदर २३ रुपियाँ ५४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २४ पैसा र बिक्रीदर १९ रुपियाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपियाँ ४७ पैसा र बिक्रीदर ४९३ रुपियाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपियाँ १९ पैसा बिक्रीदर ४०१ रुपियाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपियाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपियाँ ४५ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

