गोरखा नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो



गोरखा,भदौ २१ – गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको बाढीले चार घरसहित एउटा फलामे पुल बगाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार गएराति करिब ३ बजेतिर आएको बाढीले चुमनुब्री–४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो।

बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामे पुलसमेत बगाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

बाढीबाट मानवीय क्षतिको विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ। पुल बगाएपछि दुई वडाबीचको आवतजावत प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्