सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ घट्यो
काठमाडौं,भदौ २१ — स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ घटेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

