विवादित ‘ग्रिन आर्मी’को दर्ता खारेज
काठमाडौँ, भदौ २१ — सैनिकजस्तो पोशाक र संरचना प्रयोग गर्दै आएको विवादित संस्था ‘ग्रिन आर्मी’को दर्ता खारेज भएको छ।
भोटेकोशी–त्रिशूली बाढीपछि सैनिक पोशाकमा उद्धार तथा राहत कार्यमा देखिएपछि संस्थाको गतिविधिमाथि प्रश्न उठेको थियो।
कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा २०७७ साउनमा दर्ता भएको संस्थाले नेपाली सेना र सशस्त्र प्रहरीको झल्को दिने पोशाक तथा दर्ज्यानी संरचना प्रयोग गर्दै आएको थियो।
दर्ता खारेज भएसँगै संस्थाका गतिविधिमा स्वतः प्रतिबन्ध लागेको बताइएको छ। ग्रिन आर्मीको मुख्य उद्देश्य विद्यार्थीलाई वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्राथमिक उपचार र विपद् व्यवस्थापनसम्बन्धी तालिम दिने उल्लेख थियो।
संस्थाका प्रमुख सल्लाहकार नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए।

