तोलामा २ हजार ४ सय रुपैयाँ सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,भदौ २२ । नेपाली बजारमा साेमबार पनि सुनचाँदीकाे भाउ घटेकाे छ। हिजाे ताेलमा ३ हजार १०० रुपैयाँले घटेको सुनकाे मूल्य आज पनि प्रतिताेला २ हजार ४ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजाे छापावाल सुन प्रतिताेला ३ लाख ४ हजार ३ सय रुपैयाँमा किनबेच भएकाे थियाे ।

त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्