सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो



काठमाडौं, भदौ २३। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्