भोटेकोशी–त्रिशूली बाढी प्रभावितको समस्या समाधान गर्न समन्वयमा जोड
नुवाकोट,भदौ २३— भोटेकोशी–त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट विदुर नगरपालिकाका विभिन्न वडामा भएको क्षति तथा प्रभावित नागरिकका समस्याबारे सरोकारवालाबीच महत्वपूर्ण छलफल भएको छ।
विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठको अध्यक्षता तथा सभामुख डोलप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको छलफलमा बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका विषयमा छलफल गरिएको हो।
छलफलमा प्रभावित नागरिकका तत्कालीन आवश्यकतासँगै क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै सङ्घ, प्रदेश, स्थानीय तह तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियोे ।
कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल, बोधनारायण श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख राजेन्द्रविक्रम ठकुरी, नगर उपप्रमुख प्रभा बोगटीसहित बाढी प्रभावित वडाका वडाध्यक्षहरूको सहभागिता रहेको थियो।
विदुर नगरपालिकाले बाढी प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।

