जेनजी शहीद दिवसमा प्रधानमन्त्री शाहको सन्देश : ‘सुशासन कायम हुने नै छ’
काठमाडौँ,भदौ २३ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभएको छ ।
जेनजी शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत, “प्रिय जेनजी, सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली” भन्नुभएको छ ।
सरकारले जेनजी शहीद दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा विभिन्न स्थानमा शहीदहरूप्रति श्रद्धाञ्जली तथा सम्मानका कार्यक्रम आयोजना भइरहेका छन् ।

