मुस्ताङको लोमन्थाङ आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरको भूकम्प



मुस्ताङ,भदौ २४ । मुस्ताङको लोमन्थाङ आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गएराति ९ बजेर ५३ मिनेटमा भूकम्प गएको हो। युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पको धक्का मुस्ताङसँगै बागलुङ, धौलागिरि क्षेत्र तथा नेपालका विभिन्न स्थानमा महसुस गरिएको थियो। तिब्बतमा समेत भूकम्पको धक्का महसुस भएको जनाइएको छ।

भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन। पछिल्लो समय हिमाली क्षेत्रमा भूकम्पसँगै पहिरो, हिमताल विस्फोट तथा बाढीजस्ता प्राकृतिक विपद्को जोखिमसमेत बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्