कांग्रेस विधान मस्यौदा समितिमा पाँच सदस्य मनोनयन



काठमाडौं,भदौ २४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘विधान मस्यौदा समिति’मा चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य–सचिवमा मनोनयन गर्नुभएको छ।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य जीवन परियार, राजीव ढुङ्गाना, कुशुमदेवी थापामगर र अञ्जु झालाई सदस्य मनोनयन गरिएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो।

समितिको सदस्य–सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ। पार्टीको विधानलाई समयसापेक्ष बनाउँदै आवश्यक परिमार्जन तथा संशोधनका लागि मस्यौदा तयार गर्ने उद्देश्यले समिति गठन गरिएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्