आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर



काठमाडौं,भदौ २४ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ४२ पैसा र बिक्रीदर १५२ रुपियाँ ०२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८२ पैसा र बिक्रीदर १७६ रुपियाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ८२ पैसा र बिक्रीदर २०५ रुपियाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपियाँ ५७ पैसा र बिक्रीदर १८७ रुपियाँ ३१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ १९ पैसा र बिक्रीदर १०९ रुपियाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ६८ पैसा र बिक्रीदर ११० रुपियाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ६१ पैसा र बिक्रीदर १२० रुपियाँ ०९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ८३ पैसा र बिक्रीदर नौ रुपियाँ ८७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५६ पैसा र बिक्रीदर २२ रुपियाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ३२ पैसा र बिक्रीदर ४० रुपियाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ५४ पैसा र बिक्रीदर ४१ रुपियाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ २३ पैसा र बिक्रीदर ४१ रुपियाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २८ पैसा र बिक्रीदर ३७ रुपियाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ २८ पैसा र बिक्रीदर ११ रुपियाँ ३२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७६ पैसा र बिक्रीदर १५ रुपियाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५२ पैसा र बिक्रीदर २३ रुपियाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३१ पैसा र बिक्रीदर १९ रुपियाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ७९ पैसा र बिक्रीदर ४९५ रुपियाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपियाँ ६० पैसा बिक्रीदर ४०३ रुपियाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपियाँ २९ पैसा र बिक्रीदर ३९४ रुपियाँ ८५ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्