पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
धादिङ, भदौ २४ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गल्छीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खसेको थियो ।
दुर्घटनामा गल्छी गाउँपालिका–५ सागिनेका मंगले भनिने हरि तामाङ र दिनेश तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

