ग्यास अभावविरुद्ध सिंहदरबारअगाडि विद्यार्थीको प्रदर्शन
काठमाडौँ, भदौ २४। ग्यास अभावको विरोधमा विद्यार्थीहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बुधबार सिंहदरबारको दक्षिण गेटअगाडि खाली ग्यास सिलिन्डरसहित प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले काँधमा खाली सिलिन्डर बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीले विद्यार्थीबाट ग्यासका सिलिन्डर खोसेको थियो।

