बाढी प्रभावित नुवाकोटका १५ उद्यमीलाई सिलाई मेसिन र कपडा सहयोग
नुवाकोट,भदौ २४ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका उद्यमीलाई राहत सहयोग गरेको छ।
महासंघले बुधबार बाढीबाट प्रभावित १५ जना उद्यमीलाई सिलाई मेसिन, तयारी कपडालगायत विभिन्न सामग्री वितरण गरेको हो।
महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले प्रभावित उद्यमीलाई राहतस्वरूप सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो।
बाढीका कारण व्यवसायमा क्षति पुगेका उद्यमीलाई पुनः आफ्नो व्यवसाय सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको महासंघले जनाएको छ।
बाढीबाट प्रभावित कपडा तथा सिलाई व्यवसायीलाई व्यवसाय पुनः सञ्चालनमा सहयोग पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ।

