एकैदिन ३४ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?



काठमाडौं,भदौ २५। नेपाली बजारमा बिहीबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। आज छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ४ सय रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ४ हजार ७५० रुपैयाँ रहेको चाँदी बिहीबार १०५ रुपैयाँले महँगिएर ४ हजार ८५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्