उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा



काठमाडौं,भदौ २५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको हो।

मन्त्री यादवको सचिवालयका अनुसार यादवले आज प्रधानमन्त्री शाहलाई राजीनामा बुझाउनुभएको हो। सचिवालयले एक विज्ञप्तिमार्फत भनेको छ, “उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको छ।”

मन्त्री यादवको राजीनामासँगै सरकारमा उहाँको जिम्मेवारी अन्त्य भएको छ। राजीनामाको कारण भने सचिवालयले खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्