लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
काठमाडौं,भदौ २५ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलबासेले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ।
राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष बेलबासेले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो।
आयोगका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पादन गरिएका काम तथा गतिविधि समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको हो।

