प्रधानमन्त्री राहत कोषमा कति रकम मौज्दात ?



काठमाडौं,भदौ २५ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा हाल १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकमा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, दुईवटा वाणिज्य बैंकका खातामा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।

भोटेकोशी बाढीपछि सरकारले प्रभावित नागरिकका लागि राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्न सार्वजनिक आह्वान गरेपछि स्वदेश तथा विदेशबाट सहयोग रकम संकलन भई कोषमा दाखिला भएको हो।

प्रतिक्रिया दिनुहोस्