प्रधानमन्त्री शाह नेतृत्वको नेपाली टोली संयुक्त राष्ट्र सङ्घको महासभामा जाने



काठमाडौं,भदौ २५ । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुने प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री शाह नेतृत्वको नेपाली टोली आगामी असोज ६ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्नेछ। टोली असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्