१६ दिनसम्म नभेटिएपछि इन्जिनियर दम्पती र दुई सन्तानको कुशको शव बनाएर अन्तिम संस्कार



बागलुङ,भदौ २६। भोटेकोशी बाढीपछि बेपत्ता भएका इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान १६ दिनसम्म पनि फेला नपरेपछि परिवारले बिहीबार हिन्दू परम्पराअनुसार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।

त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका ३३ वर्षीय इन्जिनियर राजेश शर्मा पौडेल, उहाँकी ३१ वर्षीया श्रीमती प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदिति बाढीपछि बेपत्ता भएका थिए।

लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि अभिभावकले कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। बेपत्ता इन्जिनियर दम्पतीका आफन्त विष्णु शर्माका अनुसार राजेश पौडेल परिवारका एकमात्र छोरा हुनुहुन्थ्यो।

यसैबीच, त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत बागलुङका १६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।बेपत्तामध्ये तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक र त्रिशूली–३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चार जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्