आज एकैदिन ४,८०० रूपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं,भदौ २६ । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा ३४ सयले बढ्यो सुनको मूल्य आज एकैदिन ४ हजार ८ सय रुपैयाँ घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला ३ लाख १ हजार रुपैयाँमा किनबेच भइरहेकाे छ। हिजाे सुन ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँमा किनबेच भएकाे चाँदी आज ४ हजार ६ सयमा झरेको छ ।

