रास्वपाले ‘राइट टु रिकल’ दस्ताबेज निर्माण गर्न ११ सदस्यीय समिति गठन
काठमाडौं,भदौ २७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माणका लागि ११ सदस्यीय समिति गठन गरेको छ।
रास्वपाले शुक्रबार पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
रास्वपाको गत भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार समिति गठन गरिएको प्रवक्ता खरेलले बताउनुभयो।समितिका सदस्यमा गणेश पराजुली, मनिष झा, समीक्षा बाँस्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कडरिया र प्रमोद न्यौपाने रहनुभएको छ। समितिमा संयोजकसहित ११ सदस्य रहने रास्वपाले जनाएको छ।

