ब्रम्हेश्वर वेद विद्याश्रममा शिक्षक अभिभावक संघ गठन



नुवाकोट,भदौ २७ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मा रहेको ब्रम्हेश्वर वेद विद्याश्रममा नयाँ शिक्षक अभिभावक संघ गठन गरिएको छ। शनिबार गुरुकुलका अध्यक्ष केदारनाथ पाठकको अध्यक्षतामा बसेको भेलाले ताराप्रसाद पाठकको अध्यक्षतामा नयाँ शिक्षक अभिभावक संघ गठन गरेको हो।

नवगठित संघको सदस्यमा मीननाथ भण्डारी, दुर्गा कोइराला, अर्जुनदेव पाण्डे, दीपक बोहरा, बालकृष्ण कोइराला र राजाप्रसाद फुँयाल चयन हुनुभएको छ। शिक्षक प्रतिनिधिमा सङ्गम पाठक र सदस्य सचिवमा कृष्णप्रसाद लामिछाने चयन हुनुभएको छ।

यसैबीच, शिक्षक अभिभावक संघको दुई कार्यकाल कुशलतापूर्वक सम्पन्न गर्नुभएकोमा निवर्तमान अध्यक्ष मदनप्रसाद खनालसहित पूर्व पदाधिकारीप्रति विद्यालय व्यवस्थापन समिति तथा गुरुकुल परिवारले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

नवनिर्वाचित कार्यसमितिले गुरुकुलको शैक्षिक वातावरण सुधार, शिक्षक–अभिभावकबीच समन्वय तथा विद्यार्थीको शैक्षिक हितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्