जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु



रुकुमपश्चिम,भदौ २८ । रुकुमपश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान सानीभेरी गाउँपालिका–६ कोटगाउँबाट पालिकाको केन्द्र सिम्ली हुँदै जिल्ला सदरमुकाम खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप वडा नं. ३ र ६ को सीमाना डाङडुङ्गेमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा जिप चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृतक दुवैको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार जिपमा ११ जना सवार थिए। दुर्घटनामा जिपधनी बलबहादुर पुनसहित नौ जना घाइते भएका छन। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।घाइतेको तत्काल उद्धारका लागि सानीभेरी गाउँपालिकाले हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ। घटनास्थलमा डीएसपी पौडेलको नेतृत्वमा प्रहरी टोली पुगेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्