एसियाली खेलकुदका लागि दीपेन्द्रको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
काठमाडौँ,भदौ २८ । जापानमा आगामी असोजमा हुने २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।
नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
टोलीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, कुशल मल्ल, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।
टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन् । एसियाली खेलकुदको २०औँ संस्करण जापानमा आगामी असोजमा आयोजना हुँदैछ ।

