तीजको दिन सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं,भदौ २९। तीजको दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो।
यससँगै प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य १२ सयले घट्दै ३ लाख १ हजार रुपैयाँमा झरेको छ।
सोमबार चाँदीको मूल्यमा पनि कमी आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४० रुपैयाँले घटेको हो। आइतबार ४ हजार ६ सय ६० रुपैयाँ रहेको चाँदीको भाउ आज प्रतितोला ४ हजार ६ सय २० रुपैयाँ कायम भएको हो।

