घाँस काट्ने क्रममा भिरबाट खसेर महिलाको मृत्यु



स्याङ्जा,भदौ २९ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनचौपारी-४, सुनार टोलकी ३५ वर्षीया सबिना सुनार हुनुहुन्छ । सोमबार बिहान स्थानीय मेलपानी भिरमा घाँस काट्ने क्रममा उहाँ करिब ४ सय मिटर तल खस्नुभएको थियो ।

भिरबाट खसेर गम्भीर घाइते हुनुभएकी सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार पुर्‍याएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले बिहान ११:५० बजे उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्