नुवाकोटको बुधसिंघाटमा झोलुङ्गे पुल मर्मतका क्रममा लकर भेटियो



नुवाकोट,भदौ ३० । नुवाकोटको बुधसिंघाटमा झोलुङ्गे पुल मर्मतसम्भार गर्ने क्रममा एउटा लकर भेटिएको छ।

विदुर नगरपालिका–३ र बेलकोटगढी नगरपालिका–७ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि मर्मतसम्भारका क्रममा बुधसिंघाटमा लकर फेला परेको हो।

फेला परेको लकर कसको हो र त्यसमा के रहेको छ भन्नेबारे भने हालसम्म खुल्न सकेको छैन। लकरको पहिचान तथा त्यसमा रहेको सामग्रीबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्