मकवानपुरमा इभी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु



मकवानपुर,भदौ ३० । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको विद्युतीय सवारी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा धनुषाधाम नगरपालिका–४, धनुषाका सुरज भट्टराई र कावासोती नगरपालिका–१, नवलपरासीका नरबहादुर ठकुरीको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्