श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु



नवलपरासी,भदौ ३० । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार स्थानीय ४३ वर्षीय शेरबहादुर विकले आफ्नै श्रीमती ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। खुर्पा प्रहारबाट उनिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा वैज्ञानिक प्रहरी अनुसन्धान अधिकृतसहितको टोली खटाइएको छ।प्रहरीले शेरबहादुर विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्