रवि लामिछानेको आह्वानमा भोलि शीर्ष नेतृत्वको सर्वदलीय बैठक बस्दै



काठमाडौं,भदौ ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा शीर्ष राजनीतिक नेतृत्वबीचको सर्वदलीय बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ।

रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदिश खरेलले जानकारी दिनुभएको छ।

बैठकमा पछिल्लो विपद्को अवस्था, त्यसबाट उत्पन्न चुनौती तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायबारे समेत छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्