एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, दीपेन्द्रसिंह ऐरी कप्तान
काठमाडौँ, भदौ ३१ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जापानमा आगामी असोजमा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ।
क्यानले मंगलबार सार्वजनिक गरेको टोलीको कप्तानमा दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारी दिइएको छ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितराज राजवंशी र शेर मल्ल रहेका छन्।
२०औँ एसियाली खेलकुद प्रतियोगिता आगामी असोज ३ देखि १८ गतेसम्म जापानको आइची–नायोगामा आयोजना हुँदैछ।प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले पनि सहभागिता जनाउनेछ।

