रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौँ, भदौ ३१। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
रास्वपाका अनुसार बैठकमा विभिन्न दलका शीर्ष नेतृत्वको सहभागिता रहनेछ । बैठकमा विपद् व्यवस्थापन तथा त्यससँग सम्बन्धित समन्वयका विषयमा समेत छलफल हुने जनाइएको छ ।

