मुगुमा दुई पटक भूकम्पको धक्का
मुगु,भदौ ३१ । मुगु जिल्लाको कलाई आसपास केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो।
त्यसको दुई घण्टा ३७ मिनेटपछि बिहान ४ः२८ बजे सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का मुगुसहित आसपासका छिमेकी जिल्लामा समेत महसुस गरिएको बताइएको छ।
हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ। यसअघि भदौ २६ गते जाजरकोटको कालसेनी आसपास केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

