झापामा धानखेतमा भाले हात्ती मृत फेला
झापा,भदौ ३१ । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीको पहलेधापस्थित धानखेतमा आज बिहान एउटा जङ्गली भाले हात्ती मृत फेला परेको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार स्थानीयले हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी टोलीसँगै वन कार्यालयको टोली पनि पुगेर घटनाबारे अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाएको छ।
मृत हात्तीको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

