३ लाखमुनि झर्यो सुनको भाउः आज प्रतिताेला २ हजार ३०० रुपैयाँले घट्यो, चाँदीकाे कति ?
काठमाडाैं,असोज १। बिहिबार नेपाली बजारमा सुनकाे मूल्य पुन: घटेकाे छ। हिजाे ताेलमा १ हजार ७ सय रुपैयाँ बढेको सुनकाे भाउ आज २ हजार ३०० रूपैयाँले घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ९९ हजार ५०० रूपैयाँमा झरेकाे छ।
हिजाे छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६२५ रुपैयाँ कायम भएको छ ।

