राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ, असोज १ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गर्नुभएको हो ।
प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका काम, भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानका क्रममा भएका प्रगति र आयोगका गतिविधि समेटिएका छन् ।

